बाढी पीडितलाई राहत पुर्‍याउँदै बाह्रबिसे नगरपालिका



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

बाह्रबिसे नगरपालिकाले जम्बु र खागदल बाढीपीडितलाई धमाधम राहत सामाग्री पुर्‍याउँदै छ । बाह्रबिसे नगरपालिकाकी उपमेयर शुशिला पाख्रिनको नेतृत्वमा आइतबार पनि बिहानैदेखी गाँसबासका सामाग्री पठाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय यूवाहरुले काँधमा बोकेरै बाढीका बिस्थापितलाई राहत सामाग्री पुर्‍याइरहेका छन् ।

पहिलो चरणमा बिस्थापितलाई खाद्यान्न लगायतको सामाग्री शनिबार नै व्यवस्था गरिएको र आइतबार पनि उपमेयर पाख्रिनकै नेतृत्वमा राहत सामाग्री बाकेर बाह्रबिसे नगरपालिकाको टोली कसेरी गाउँप्रस्थान गरेको छ । ‘३ घण्टामा हामी कसेरी पुग्नेछौं, गाँसबासका अत्यावस्यक सामाग्री बोकेर हामी ४० जनाको टोली कसेरीतर्फ लाग्यौं’, उपमेयर पाख्रिनले भन्नुभयो ।

बाह्रबिसे नगरपालिकाका अनुसार एक चरण राहत सामाग्री पीडित बिस्थापितसम्म पुगिसकेकाको छ । सडक क्षतबिक्षत भएपछि सुरक्षा संयन्त्र र स्थानीय यूवाहरुको साथ सहयोग लिएर राहत सामाग्री बिस्थापित समुदायमा पुर्‍याइएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो । ‘हामी अस्तिदेखि नै बिस्थापित र पीडितका गाँस वास व्यवस्थापनमा खटिरहेका छों, आज पनि उपमेयरको नेतृत्वमा राहत सामाग्री बोकेर एउटा टोली कसेरी गएको छ’, मेयर शेर्पाले भन्नुभयो । राहतका नाममा राजनीति गर्नखोजिएको भन्दै मेयर शेर्पाले एकद्धार नीति अवलम्बन गर्न सबैदाता तथा संस्थाहसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्