रानीमहलको रंङ्गरोगन फेरिएपछि विवाद सुरु



कविराज नेपाल, पाल्पा ।

नेपालको ताजमहल भनेर चिनिने काली गण्डकी किनारामा अवस्थित ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय महत्वको रानीमहलको वाहीरी स्वरुपमा पुरानो आकाशे रंंङ्गको वदलामा सेतो रंंङ्गले पोत्ने काम भए पछि कुन रंग ठीक वा वेठिक भनि वहस सुरु हुन थालेको छ ।
रंङ्ग परिवर्तन संगै कतिपयले यो रंंङ्ग सुहाउदो भनिरहेका छन भने कसैले सवैको मनमा वसिसकेको आकाशे रंङ्ग नै ठीक भन्न थालेका छन । केही वर्ष पहिले लगाइएको रंंङ्गभन्दा फरक रंगमा रानीमहल देखिएपछि सामाजिक संजालमा यसको बहस भएको हो ।

रतन आले लेख्नु हुन्छ –‘ हाल पाल्पाको रानीमहलको नयाँ रुप त कसैले पुरानो रंगीचंगी नै राम्रो भनेका छन् भने कसैले नयाँ । वास्तवमा पुरातात्विक महत्व राख्ने कुनै पनि कुरालाई त्यसको वास्तविकता पहिचान देखाउने अवस्थामा राखेर जोगाउनु नै त्यसको महत्व बुझ्नु हो । रंगीचंगी रंग, सिमेन्ट स्टील(प्लास्टिक वा अन्य नयाँ कुराहरु इत्यादि प्रयोग गर्दा यसको पुरानो रुप भन्दा धेरै राम्रो देखाउन सकिन्छ । तर यसले आफ्नो मौलिक गुण (महत्व) गुमाउँछ । त्यसैले पहिलेको भन्दा अहिलेको रंग रोगनले यसको वास्तविकता फेरी एकपटक झल्काएको छ । धेरै पुराना कुराको जगेर्ना गर्दा हामी सबैले बुझ्नु पर्ने कुरो नै यहि हो ।

त्यस्तै अधिवक्ता गीता शर्माको भनाइमा पाल्पाको रानीमहलको अहिलेको रंंङ्ग साच्चिकै दरवार देखिने स्तरीय लाग्यो । आकाशे रंंङ्गको वदलामा रानी महलको रंंङ्ग परिवर्तन तानसेन नगरपालिकाले गरेको हो. ।

पुरानो रानीमहल

नगरपालिकाले रानीमहलको रेखदेख र संरक्षणको दुई वर्षअघि जिम्मा पाएपछि पहिलो पटक रानीमहलमा रंंङ्गरोगन भएको हो । चालु आव २०७६/०७७ मा ४० लाख रुपियाँ खर्चेर गरेर नगरपालिकाले ५ वटा शौचालय सहित रंंङ्गरोगन गरिरहेको जनाएको छ । शौचालय निर्माणको काम भने आगामी भदौँ सम्ममा सकिने बताइएको छ ।

रानीमहलको भित्तामा यसअघि आकाशे र सेतो रंग मिसिएको थियो । रानीमहलको ऐतिहासिक रंंङ्ग भने ‘सेतो’ नै रहेको र विचमा आकाशे वनाइए पनि अहिले पुरानै स्वरुपमा पहिचान कायम राख्न सेतो वनाइएको तानसेन–१३ का वडा अध्यक्ष टुकप्रसाद भट्टराईले बताउनुभयो । पहिले सेतो रहेकामा यसको रंंङ्ग २०६२/०६३ पछि आकाशे वनाइएको थियो । रानी महल यस अघि पुरातत्व विभागको जिम्मेवारीमा थियो । सोही वेला विभाग र यहाँका स्थानीय बासिन्दा मिलेर सेतो र आकाशे रंंङ्गरोगन गरिएको थियो ।

वडा अध्यक्ष भट्टराईका अनुसार रानीमहलको ऐतिहासिक रंंङ्ग भने ‘सेतो’ भएकाले पछिल्लो समय नगरपालिकाले पनि रानीमहललाई ऐतिहासिक रंंङ्गमा सजाउनुपर्छ भनेर सेतो रंग गरिएको छ । यद्यपी २०६४ सालतिर लगाइएको रंग नै लगाउने की भन्ने बारेमा समेत छलफल भईरहेको स्रोतले जनाएको छ । यसका साथै कतिपयले मानिसको मानसपटलमा आकाशे रंग नै वसिसकेकाले रानी महलको रंग परिवर्तन गर्न नहुने वा नया राम्रो भएकाले सोही गर्ने भन्ने पनि छ । यो महल खडग शमसेरले आफ्नी रानी तेजकुुमाारीको सम्झनामा वनाएका हुन जो महल अद्धितीय रहेको छ जसलाई पाल्पा मात्र नभएर नेपालकै पहिचानका रुपमा पनि लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्