जारमा टाउको छिरेको बिरालोको दुई सातापछि उद्धार



अकल्यान्ड,एजेन्सी ।

जनावर उद्धार टोलीले न्युजिल्यान्डमा दुई साता देखि खोजिँदै गरेका एउटा बिरालोलाई प्लाष्टिकको वदा वटर जारबाट फसेको टाउको निकालिएको बताएको छ ।माटामाटा एनिमल ट्रस्टका व्यवस्थापक एन्नालिसे इंगल्यान्डले यसरी जारभित्र टाउको अडकेका बिरालोलाई पहिलो पटक दुइ सता अघि एउटा घर पछाडि भेटिएको तर उद्धार गर्न खोज्दा त्यो बिरालो अत्तालिएर भागेको बताएकी छन् ।

इंगल्यान्डले भनेकी छन् – सोमवार पहिले देखिएको स्थानबाट झण्डै ३ माइल पर शुक्रवार त्यसलाई फेरि देखिएको खवर पाएँ । हामीले त्यो रहेको बगैँचालाई क्रेटहरु राखे घे¥यौंं । हामीले डोरी र जाल पनि लिएर गएका थियौं ।

मैले त्यसको घाँटीमा डोरिको पासो छिराउन सफल भएँ । त्यसपछि पशु चिकित्सक कहाँ लगेर उनलाइृ जारबाट मुक्त ग¥यौं । त्यसले दुई साता देखि केहि खान र पानी पिउन पाएको थिएन । त्यसमाथि श्वास फेर्नलाई जारभित्र अलिकति मात्र हावा छिर्ने गरेको रहेछ । ’ पूर्ण स्वस्थ भएपछि यस बिरालो कुनै परिवारलाई पाल्न दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्