बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरीमा पनि कोरोना संक्रमण पुष्टि



एजेन्सी ,काठमाडौँ ।

बलिउडकी चर्चित नायिया तथा ऐश्वर्या राय बच्चन र उनकी छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार बलिउड महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सो लगत्रै उनका सबै परिवारमा कोरोना परीक्षण गरिएकोमा ऐश्वर्यका पति तथा बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपी उनकी सासु जया बच्चनलाई भने कोरोनाको संक्रमण देखिएको छैन ।

पहिलो पटक गरिएको परिक्षणमा जया बच्चन, ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पुष्टि भएपछि ऐश्वर्या र आराध्या नानावती अस्पताल भर्ना भएका छन् । महाराष्ट्रको स्वास्थ्य मन्त्री राजेश टोपेले ट्विट गर्दै लेखेका छन्, ‘ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जया बच्चनको रिपोर्ट भने नेगेटिभ छ ।’ कोरोनाको संक्रमण नदेखिएकाले जय बच्चन भने होम क्वारेन्टाइनमा रहने भारतीय मिडियाले बताएका छन् ।

शनिवार साँझ अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । दुवैलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । अहिले दुवैको अस्पतालको आइसोलेशन वार्डमा उपचार भइरहेको छ । यसबीच, आइतवार कोलकाताको श्याम बजारका मानिसहरुले अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै पूजाआजा र यज्ञ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्