२० लाखमा भालुको पित्त बिक्री गर्ने २ पक्राउ



न्युज अफ नेपाल,काठमाडौँ ।

भालुको पित्त सहित महानगरीय अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका ८ कल्याणपुर साउनेपानीमा भालुको पित्तको कारोबार गरीरहेको अवस्थामा प्रहरीले रामबहादुर लामा र हरिबहादुर मोक्तानलाई पक्राउ गरी कारवाही अगाडि बढाएको महाशाखाले जनाएको छ ।

उनीहरुले ३५ ग्राम भालुको पित्तलाई २० लाखमा बिक्रित्रितरण गर्ने तयारी गरी रहेको बेला महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीहरुलाई कारवाहीको लागि जिल्ला बन कार्यालय पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्