अभिषेक बच्चनलाई पनि कोरोना



न्युज अफ नेपाल, काठमाडौं ।
बलिउड नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । योसँगै उहाँको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो ।

भारतीय मिडियाका अनुसार, अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । नायक अभिषेक बच्चनले सामाजिक संजालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।
उहाँले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गर्नुभयो । आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण र गरिएको बताउँदै नआत्तिन सबैसँग अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्