लागु औषध सहित २ जना पक्राउ



न्युज अफ नेपाल, भक्तपुर ।

महानगरीय अस्थायी प्रहरी पोष्ट आशापुरी भक्तपुरबाट खटिएको प्रहरी टोलिले लागु औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गए राती १९२० बजेको समयामा भक्तपुर सुर्यविनायक नगरपालिका –१० नासिकापुल स्थित बा. ४९ प.३६९७ को मोटरसाइकललाई चेकजाँच गर्दा काभ्रे पनौतीका कविराज सापकोटा र सोही ठाउँका सन्तोष सापकोटालाई १ किलो ३०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्