कोरोना संक्रमित ४३ जनाको मृत्यृ



न्युज अफ नेपाल, काठमाडौं ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीकाबीच मृत्यु भएकाहरुको तथ्यांक राख्न सरकारलाई आग्रह गर्दै आएको छ । कोरोना भाइरसबाट संक्रमित ४३ जनाको मृत्यु भएको छ।

जसमध्ये अधिकांशको मृत्युपछि संक्रमण पुष्टि भएको छ । मृत्यु भएकामध्ये उपत्यकाभित्र नै मृत्यु पछि मात्र कोरोना पुष्टि भएका छन्। ४३ मृत्युमध्ये ३३ जनामा अर्थात ७० प्रतिशतमा मृत्युपछि मात्र संक्रमण पुष्टि भएको हो। मृतक मध्ये १० जनाले मात्र आफूलाई कोरोना संक्रमण भएको थाहा पाएर मरे। तर ३३ जना आफ्नो मृत्युको एउटा कारण कोरोना हो भन्ने थाहा नपाई नै मृत्यु वरण गरे । कतिपयले पट्यार लाग्दो क्वारेन्टाइन बसाई, परीक्षणको राम्रो व्यवस्था नहुनु, लगायतका कारण क्वारेन्टाइनमै कतिपयले आत्महत्या समेत गरेका छन्। आत्महत्या गरेका उनीहरुमा समेत संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्