उचाइदेखि डराएका वास्तविक स्पाइडरम्यान



बेइजिङ, (एजेन्सी)

चीनको दक्षिणी गुआंगडोंग प्रान्तको झोंगसान शहरमा एकजना पुरुष एउटा आवासीय भवनको छैठौं तल्लाको भित्तामा अलपत्र परेका छन् । नाम नखुलाइएका ती व्यक्ति एकजना बालकको ज्यान जोगाउन नांगो हातले सो उचाइसम्म पुगेका थिए ।

तर गएकै बाटोबाट फर्कन डराएपछि उनी त्यहाँ अड्किएका थिए । उनी सो तल्लाको बार्दलीको सेक्युरिटी ग्रिलमा अडकिएका बालकको ज्यान जोगाउन गएका थिए । उनको सहयोगमा अभिभावकले ती बालकलाई माथि तान्न सफल भएका थिए ।

उनले बेलुकाको खाना खाँदै गर्दा बालकलाई खतरामा देख्नासाथ अरू कुनै कुरा सोच्दै नसोचीकन उद्धार गर्न हिँडेको सीसीटिभीलाई बताएका छन् । उद्धार गर्न हिँड्नेलाई नै उद्धार गरिनुपर्ने स्थिति हाँसोलाग्दो पनि बनेको थियो ।

अग्निनियन्त्रकहरूले अन्नतः उनको सफल उद्धार गरे । उनी खस्नसक्ने भएको कारण केही मानिसले तल भुँइमा म्याट्रेस पनि थापेर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्