रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘सहायक श्रीमान’ छनौट



भूूपराज बस्याल, काठमाडौं ।

नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ ।

आगामी अगष्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालबाट ‘सहायक श्रीमान’ (को–हजबेन्ड) छनौट भएको हो । गणेश पाण्डेद्वारा निर्देशित ‘सहायक श्रीमान’ (को–हजबेन्ड) यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो । नेपालबाहिरको चलचित्र महोत्सवमा ‘सहायक श्रीमान’ छनौट भएको यो पहिलो हो । निर्देशक पाण्डेका अनुसार, कोरोनाका कारण बिभिन्न देशका चलचित्र महोत्सव स्थगित भएका कारण ‘सहायक श्रीमान’ को अन्तर्राष्ट्रिय यात्रा पनि रोकिएको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुुभएको हो । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरु माया र काम मात्रै बाँडदैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् । जुन अहिलेको पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथालाई डकुमेन्ट्रीले उठाएको छ ।

‘भाग्यले बाँचेकाहरु’ नामक डकुमेन्ट्री फिल्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाउनुु भएका निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गर्नुभएको हो । यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गर्नुभएको छ ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल रहनुुभएको छ । यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गर्नुभएको छ । संगीत संयोजन संगीतकार जुगल डंगोलले गर्नुभएको हो ।
त्चबष्भिचस् जततउकस्ररथयगतग।दभरचज्ञभण्लक्ष्इव्इद्यय

प्रतिक्रिया दिनुहोस्