घर फर्केकी महिलाको दोस्रो परीक्षणमा कोरोना पुष्टि



नेपाल समाचारपत्र, पर्वत
कोरोनाको पीसीआर परीक्षणमा नेगेटिभ रिर्पोट आएर घर फर्केकी पर्वतको कुस्मा नगरपालिकाकी एक महिलामा दोस्रोपटक गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेकी कुस्मा नगरपालिका–१० की २५ वर्षीय महिलामा घर फर्केको ११ दिनपछि शुक्रबार संक्रमण पुष्टि भएको हो । प्रहरी हिरासतमा कोरोना संक्रमण पुष्टि भएपछि पक्राउ गर्ने प्रहरी र सँगै रहेका थुनुवालाई समेत क्वारेन्टाइनमा राखिएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको कोरोना परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । महिलाका श्रीमान्को भने दोस्रोपटक गरिएको परीक्षणमा रिर्पोट नेगेटिभ आएको छ ।
भारतबाट आएका उनीहरू जेठ १९ गते कुस्मा आएर क्वारेन्टाइनमा बसेका थिए । स्वाब लिएको १८औं दिनमा कोरोना संक्रमण नेगेटिभ देखिएपछि उनीहरूलाई जेठ ११ गते पीपलटारीस्थित क्वारेन्टाइनमा पठाइएको थियो ।
क्वारेन्टाइनमा दुई हप्ता बस्नुपर्ने भए पनि वडाध्यक्ष सुजन विकले सहमतिमा उनीहरूलाई ५ दिनमै घर पठाएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्