मृगौला प्रत्यारोपणमा संलग्न चार डाक्टर पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।
मृगौला प्रत्यारोपणमा संलग्न चार डाक्टर पक्राउ परेका छन् । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा चितवनको भरतपुर मेडिकल कलेजका चार डाक्टर पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी हुन्। प्रहरीले जिल्ला प्रशासन कार्यालय, चितवनका एक अधिकारीलाई पनि पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो । ब्युरोको लामो अनुसन्धानले उनीहरु संलग्न रहेको पाईएपछि उनीहरु पक्राउ परेका हुन् । उक्त कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको पक्राउ गर्न गएका ब्युरोको एक उच्च अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्