बीसीजी प्रयोग भएका देशमा कोरोना मृत्युदरमा कमी



भर्जिनिया, (एजेन्सी)
कोरोना भाइरस संक्रमणबाट बचाउन र उपचार गर्न खोप तथा औषधीको खोजीमा वैज्ञानिकहरू लागिरहेका छन् । यसबीच क्षयरोग (टीबी)का लागि प्रयोग हुँदै आइरहेको शताब्दीऔं पुरानो औषधी बीसीजीबाट कोरोनाका कारण मृत्यदरलाई कम गर्ने आशा जागेको छ ।

पछिल्लो एक अध्ययनले अमेरिकाजस्तो विकसित देशको तुलनामा ल्याटिन अमेरिका तथा अन्य विकासशील देशमा मृत्युदर कम हुनुको पछाडि एक कारण टीबीको खोप पनि हुन सक्ने देखाएको छ ।

भर्जिनिया टेकको कलेज अफ नेचुरल रिसोर्जेज एन्ड इन्भारोन्मेन्टका सहप्राध्यापक लुइस एस्कोबारले केही अत्यधिक घना आवादी भएर पनि विकासशील देशमा अमेरिकाको तुलनामा कम मृत्युदर हुनुको कारणका बारेमा अनुसन्धान गरेका थिए ।

जुन देशमा कोविड–१९ का कारण मृत्युदर कम छ, त्यहाँका मानिसको उमेर, आय र स्वास्थ्योपचार सुविधालाई लिएर पनि धेरै विविधता रहेको अनुसन्धानमा देखियो । यद्यपि यी सबैमा एक समान कुरा भनेको टीबीको खोप कार्यक्रम मात्रै हो ।
टीबीको औषधी बेसिलस क्यालमेट ग्युरिन (बीसीजी) सामान्य रूपमा अमेरिकामा प्रयोग हुँदैन । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग विकासशील देशमा धेरै हुने गर्छ । अध्ययनमा बीसीजी खोप कार्यक्रमको कोविड–१९ का कारण मृत्युदरमा एक अर्काबीच गहिरो सम्बन्ध रहेको देखाएको छ । बीसीजी इन्डेक्समा १० प्रतिशत जृद्धिसँगै कोविड–१९ को मृत्युदर १० दशमलव ४ प्रतिशत कम भएको अनुसन्धानकर्ताले बताए ।
गत अप्रिलमा मात्र डब्ल्यँएचओले बीसीजी खोपको कोविड–१९ बाट संक्रमितलाई बचाउने कुनै प्रमाण नभएको उल्लेख गर्दै धेरै जसो अनुसन्धानमा मानिसहरूको समाजमा अन्तर, टेस्टिङ, महामारीको स्तरजस्ता कुनै मानकलाई ध्यान नदिएको जनाएको छ ।
बेसिलस क्यालकेट ग्युरीन (बीसीजी) खोप करिबसय वर्ष पहिले तयार गरिएको थियो । यसले ट्युबरकुलोसिस वा टीबीका ब्याक्टेरियाविरुद्ध प्रतिरोधी क्षमता उत्पन्न गर्छ । यस खोप लिएपछि मानिसको प्रतिरोध प्रणाली राम्रो हुन्छ र आफँलाई कयौं संक्रमणले बचाउन सक्छ । खोप कार्यक्रमको ६० वर्षपछि धेरैजसोलाई टीबीको ब्याक्टेरिया प्रवेश गर्न सकेन । यो खोपले अन्य संक्रामक रोगविरुद्ध पनि मानव शरीरलाई प्रतिरक्षा प्रणाली बलियो पार्छ, जस्तै कोरोनाको संक्रमणलाई मानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्