बहुविवाह मुद्दामा पक्राउ पर्दा कोरोना



पर्वत, (नेस)

संक्रमित महिला र उनका श्रीमानका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको उजुरी दर्ता भयो । प्रहरीको खोजी सूचीमा रहेका उनीहरू सरकारी क्वारेन्टाइनबाट घर फर्केपछि जेठ २२ गते प्रहरीले पक्रेको थियो ।

जेठ ११ गते कोरोनाको रिर्पोट नेगेटिभ आएका कारण प्रहरीले पक्राउ गर्न समस्या देखेन । अदालत पेस गर्नुपूर्व आरडीटी परीक्षण गर्दा श्रीमान्श्रीमतीकै रिर्पोट पोजेटिभ आए पनि पुनः पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणका क्रममा श्रीमतीको पोजेटिभ र श्रीमान्को नेगेटिभ रिर्पोट आएपछि प्रहरीलाई समेत समस्या भएको छ । हिरासतमा १२ जना थुनुवा रहेका छन् ।

उनीहरूलाई पनि क्वारेन्टाइन बनाएर राखिएको छ भने पक्राउ गर्ने र सम्पर्कमा रहेका ७ जना प्रहरीलाई पनि छुट्टै राखिएको छ । सबैको पीसीआर परीक्षण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विश्वराज अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्