केरूङबाट आएका ४० कन्टेनरको भन्सार प्रक्रिया सुरू



सरस्वती न्यौपाने, रसुवा ।

केरूङबाट सामान बोकेर आएका ४० कन्टेनर भन्सार हातामा रहेको र आयात भएका सामग्रीको भन्सार प्रक्रिया सुरू भएको छ ।

भन्सार प्रमुख पुण्य विक्रम खड्काका अनुसार ४० कन्टेनरको भन्सार शुल्क असुलि एवंम जाँचपासको प्रकृया अगाडि बढाइएको छ । आयात भएको सामानमा जुता, चपललगाएत लत्ताकपडा रहेका छन् । कोभिड-१९ का कारण माघ १५ देखि बन्द रहेको रसुवागढि नाका दुवै देशका अधिकारी बिच भएको आपसि सल्लाहपछि खुलेको हो । सल्लाह बमोजिम स्वास्थ्यमा सतर्कता अपनाइ चिनको केरूङमा अड्किएका सामान आयात हुन थालेको हो ।

यस्तै, अत्याधिक वर्षका कारण अवरुद्ध स्याफ्रुवेसि – टिमुरे खण्डको सडक पन्छाइ आयात भएका सामग्रीलाई ढुवानीमा सहज बनाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी ईन्द्र प्रसाद सुवेदीले बताउनुभयो । दैनिक ३ करोड राजश्व आयात हुने सो नाकामा कोभिड-१९ का कारण हालसम्म करिब पाँच अर्ब रकम राज्यकोशलाई घाटा भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्