पहिरोमा परी १७ जनाको मृत्यु



काठमाडौं, (नेस)

शुक्रबार परेको अविरल वर्षाका कारण म्याग्दीका धवलागिरी र मालिका गाउँपालिकामा पहिरो गएको स्थानबाट बेपत्ता भएका १७ जना मृत अवस्थामा फेला परेका छन् ।

पहिरो गएको स्थानमा खटिएका स्थानीय सुरक्षाकर्मीले बेपत्ता उनीहरुको स्थानीयको सहयोगमा खोजतलास गरेको थियो । खोजतलासकै क्रममा मालिका गाउँपालिका–७ विम दुलेबाट ७ जनाको र धवलागिरी गाउँपालिका–६ मराङ रिखाबाट १० जनाको शव फेला पारेको हो ।

पहिरोमा परी घाइते भएका ३ जनालाई उद्धार गरी प्रभु एयरको हेलिकोप्टरद्वारा उपचारका लागि बेनी अस्पताल तथा पोखरा मणिपाल अस्पताल पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पहिरोमा हराइरहेका अन्य व्यक्तिहरुको खोजी कार्य गर्नुका साथै पहिरोको उच्च जोखिम भएका २ सय २० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्