अमेजनले टिकटक सूचना सच्यायो



वासिंगटन,(एजेन्सी)

एमेजनले गल्तीवश आफ्ना कर्मचारीहरुलाई आफ्नो कम्पनीको इमेलसम्म पहुँच राख्ने कुनै पनि मोवाइल उपकरणबाट भिडियो सेयरिंग एप टिकटक हटाउने अनुरोध सहित इमेल पठाइएको स्पष्ट पारेको छ । शुक्रवार आन्तरिक सर्कुलर मार्फत पठाइको सो इमेलमा कर्मचारीहरुलाई ‘ सुरक्षा खतरा ’ लाई मध्य नजर राख्दै त्यो एप डिलेट गर्न आग्रह गरिएको थियो ।

चिनिया कम्पनीले बनाएको यस एपले डाटा चीनसंग सेयर गर्न सक्ने आशंकाले सुरक्ष चिन्ता बढ्न थालेको हो । तर टिकटकले आफुले अमेजनको चिन्ता बुझ्न नसकेको जनाएको छ । अमेजनका प्रवक्राले टिटक समवन्धी कुनै पनि पुर्व निर्धारित नीतिमा परिवर्तन नआएको विविसि समक्ष स्पष्ट पारेका छन् ।

अमेजनले यसअघि आफ्ना कर्मचारीहरुलाई १० जुलाइ सम्ममा आ–आफ्ना मोवाइलबाट टिटक एप हटाउन इमेल पठाएको थियो ।
टिकटकले भने अमेजनले सो सुचना पठाउनु अघि आफुलाई केहि पनि जानकारी नगराएको पनि स्पष्ट पारेको छ । टिकटक आफैंले ४ करोड ९० लाख वटा भिडियो डिलिट गरिसकेको छ । साथ ैचीनले नयाँ सुरक्षा कानुन लागु गरेयता हंगकंगमा टिकटक सेवा बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्