जुरे खण्डको सडक सुचारु



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

जम्बु बाढीका कारण अबरुद्ध बनेको अरनिको राजमार्गको जुरे सडक खण्ड सूचारु भएको छ । बाढीले कटान गरेपछि दुई दिनसम्म यातायात अबरुद्ध भएको बार्हबिसे बजारसम्मै अब सवारी साधन पुग्न सक्ने भएको छ ।

बार्हबिसे नगरपालिकाको अग्रसरतामा सडक बिभागले जुरे खण्डमा नयाँ ट्र्याक खोल्दै सडक सूचार गराएको हो । सभामुख अग्नि प्रसाद सापकोटाले शुक्रबार सडक बिभागका अधिकारी लगायत सम्बद्ध निकायका अधिकारीहरुलाई भेट गरि तत्काल अबरुद्ध सडक खुलाउन निर्देशन दिनुभएको थियो ।

बार्हबिसे सम्म सवारी आउजाउ हुने भएपनी भोटेकोसी बाढीले बार्हबिसे उँभो अरनिको राजमार्गका दर्जन स्थानमा सडक कटान गरेकोले भोटेकोसी गाउँपालिकासँग सडक सम्पर्क बिच्छेद नै छ ।

प्रतिक्रिया दिनुहोस्