मलखाद कालोबजारीमा संलग्न अन्यको खोजी हुनुपर्ने स्थानीयको माग



सञ्जय कार्की,रौतहट ।

अनुदानको मलखाद कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका संगै संलग्न रहेकाको समेत खोजी हुनु पर्नेमा माग स्थानीयको रहेको छ । चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मतीमा रहेको तीन वटा सहकारी संस्थाले प्राप्त गरेको अनुदानको मल सर्लाहीको बाग्मती नगरपालिका–१२ कर्मैया घरभई चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मती बजारमा राहुल खाध्य उधोग संचालन गरी बसेका सत्यलाल साह मार्फत कालोबजारी भएसंगै संलग्नहरुको खोजीहुनु पर्ने माग स्थानीयको रहेको छ ।

प्रहरीले साह लाई पक्राउ गरेपछि अनुसन्धानको क्रममा तीन वटै सहकारी संस्था संग जवाफ माग गरेको छ । अनुसन्धानको दायरामा ल्याएपनि ती सहकारी संस्थाका पदाधिकारीको समेत संलग्नता हुन सक्ने आशंका स्थानीय देब भण्डारीले गरेका छन ।

वडाअध्यक्ष बिरु रखालनै अध्यक्ष रहेको सृजनसिल कृषि सहकारी संस्था लिमिटेड बाट युरिया १६५२, डिएपी ६०५ बोरा, पोटास १३५ बोरा, यस्तै बाग्मती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाम बाट युरिया १२१२ बोरा, डिएपी ५७५ बोरा, पोटास ११५ बोरा र उन्नतीशिल महिला कृषि सहकारी संस्था लिमिटेडको नाम बाट युरिया २१२४ बोरा, डिएपी ६८१ बोरा, पोटास १३० बोरा राहुल खाध्य उधोगका प्रोपाईटर साह लाइ जिम्मा लगाउनुनै गैरकानुनी रहेकाले यस्मा साह संगै अन्यको समेत संलग्नता रहेको आशका भण्डारी सहितका स्थानीयले गरेका छन ।

साहले सहकारी संस्थाका शेयर सदस्य लाई आबश्यक्ता अनुसार मलखाद बिक्री गर्नु पर्नेमा उनले बाहिरी जिल्ला मकबानपुर र सर्लाहीमा बढि मुल्यमा बिक्री गरेर कालोबजारी गरेको आरोप लागेको हो ।

सृजनसिल कृषि सहकारी संस्था लिमिटेडले गत बर्ष साधारण सभा नगरेपछि यस्को बैधानिकतामानै प्रश्न उठेको छ । तीन वटै सहकारी संस्था लाई मलखाद उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेड लाई वडाअध्यक्ष बिरु रखालले सिफारिस गरेका हुन । सहकारी संस्थाले खरिद गरेको अनुदानको रासायनिक मल आफना शेयर सदस्य रहेका किसान लाई सहजढङ्गले बिक्री बितरण गर्नुको बदला एजेन्ट तोकेर बाहिरी जिल्लाका किसान लाई बिक्री गर्न मदत गरेको आरोप सहकारी संस्था माथि लागेको छ ।

एजेन्ट मार्फत सहकारीले मलखाद बिक्री गरेपनि उनको कारोबार नहेर्नुनै रहश्यको बिषय रहेको छ । पक्राउ परेका साहलाई कालोबजारी ऐन अन्र्तगत प्रहरीले म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

गत १५ गते पक्राउ परेका उनी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका छन । कृषि सामग्री कम्पनी लिमिटेड बाट नेपाल सरकारको अनुदानित मल सहकारी संस्थाले खरिद गरेर मलखाद्य किसान लाई बिक्री बितरण गरेपछि कृषक संग बिक्री बितरण प्रतिबेदन बनाउनु पर्नेमा ती सहकारी संस्थाले एजेन्ट तोकेपछि प्रतिबेदन बनाएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्