भोटेकोसी पहिरो : २४ घण्टापछी एकको सकुशल उद्दार, बेपत्ताको खोजी कार्य जारी



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

भोटेकोसी पहिरोमा परि बेपत्ता नाङ्चे मगरको सकुशल उद्दार गरिएको छ ।शुक्रबार बिहान भोटेकोसी पहिरोमा परि बेपत्ता भएका मगरलाई खोजी तथा उद्दारका क्रममा शनिवार जिवितै फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ माधब काफ्लेले जानकारी दिनुभयो ।

‘शरीरमा सामान्य चोट्पटक लागेका उनलाई स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । टाउको र खुट्टामा सामान्य चोट लागेको अबस्थामा उद्दार गरिएको होू,’ काफ्लेले भन्नुभयो ।

जम्बु बाढिमा बेपत्ता भएकाहरुको खोजिकार्य जारी छ । खोज तथा उद्दारको कार्य जारी रहेपनी जम्बु बाढिमा परी बेपत्ता भएकाहरु कोहिपनी फेला परेका छैनन ।

प्रतिक्रिया दिनुहोस्