स्कुलमा वामपन्थ विचार फैलाइरहेको ट्रम्पको आरोप



वासिंगटन (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी स्कुलमा कट्टर वामपन्थी भावना सिकाइ भइरहेको आरोप लगाएका छन् । अमेरिकाको मिनियापोलिसमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युपछि भड्केको हिंसाका लागि ट्रम्पले वामपन्थलाई जिम्मेवार बताएका थिए ।
उनले उक्त घटनालाई लिएर जारी आन्दोलनका पछाडी पनि बामपन्थी विचारधारालाई मान्ने एन्टिफाले काम गरेको बताएका थिए ।

ट्रम्पले ट्विटमा धेरैजसो विश्वविद्यालय र स्कुल शिक्षालाई पन्छाएर कट्रपन्थ बामपन्थ भावना प्रसारित गरिरहेका छन् । त्यसैले म ट्रेजरी विभागलाई भनिरहेको छु कि आफनो कर मुक्तस्थिति वा लगानीलाई पुन जाँच गरुन । जसलाई यस विचारधाराको प्रचार वा कानुन विरुद्ध देखिएमा अन्त्य गरिनेछ । हाम्रा बच्चा शिक्षित हुनुपर्छ, उनीहरुलाई प्रेरित गर्ने होइन ।

अमेरिकामा फासीबादको विरोधीहरुलाई अन्टिफा ( एन्टी फासिस्ट) भन्ने गर्छ । अमेरिकामा अन्टिफा आन्दोलन उग्रवादी, बामपन्थी र फासीवादी विरोधी आन्दोलनका लागि प्रयोग गरिएको छ । यिनीहरु नव नाजी, नव फासिवाद, श्वेत वर्चश्व र रंगभेद विरुद्ध हुने गर्छ र सरकारको विरोधमा उभिन्छ । यस आन्दोलनका पक्षधर सामान्य रुपमा शान्तिपुर्ण प्रदर्शन र जुलुस गर्छन् । यद्यपी विरोधका क्रममा हिंसालाई निषेध भने गर्दैन ।

प्रतिक्रिया दिनुहोस्