८० जना सँग यौन सम्बन्ध राख्ने डाक्टरकी श्रीमती



एक जना डाक्टरकी विधवा महिलाले श्रीमानको मृत्युपश्चात् ८० जना विवाहित पुरुषहरुसँग ‘लसपस’ रहेको खुलासा गरेकी छिन् । ४३ वर्षकी लुइस भान डेर भेल्डेले हरेक दिन आफ्नो अन्तिम दिनजसरी दर्जनौँ व्यक्तिहरुसँग सम्बन्ध राखेको खुलासा गरेकी हुन् ।

उनका अनुसार भ्यालेन्टाइन डेपछिको हप्ता प्रायः सम्बन्ध गुमेका मानिसहरुको लागि नयाँ सम्बन्ध खोज्ने समय भएकाले उनी व्यस्त हुन्छन् । उनले आफूलाई सेक्स थेरापिष्ट बताउँदै आफ्नो र ती विवाहित पुरुषबीचको चिटिंग सम्बन्ध थाहा पाए पनि उनीहरुका श्रीमतीहरुले सेक्स (यौन)कै कारण विरोध गर्न नसकेको बताइन् ।

मानिसहरुले आफूलाई धेरै सोच्न नहुने तर सेक्सचाहिँ धेरै गर्नुपर्ने उनको सल्लाह छ । जीवन एकदमै छोटो रहेको भन्दै उनी सेक्सलाई एक जनासँग मात्रै सीमित गर्न नहुने सुझाव दिन्छिन् । उनी बेलायतको नर्थ योर्कशायरस्थित हारोटेजमा बस्छिन् ।

उनले आफ्नो विवाहको पछिल्लो वर्ष पहिलोपटक श्रीमानलाई चिट गरेकी थिइन् । जसको सन् २००४ मार्चमा ३४ वर्षकै उमेरमा मृत्यु भएको थियो, उनी नै भेल्डेको अन्तिम श्रीमान थिए । श्रीमानको मृत्युले जीवनपर्यन्त महत्वपूर्ण समयलाई छोपिहाल्ने पाठ सिकाएको उनको दाबी छ ।

५०औँ वर्षसम्म एउटैसँगको शारीरिक सम्बन्ध एकदमै दिक्क लाग्दो हुने उनी बताउँछिन् । धेरैभन्दा धेरै पुरुषहरुले श्रीमतीलाई चिट गर्ने भन्दै उनले आफूले गरेको कार्यको बचाउ गरिन् । आफूले सम्बन्ध राखेकामध्ये सबै पुरुषहरुले श्रीमतीमाथि चिट गरेको उनले खुलासा गरिन् ।

प्रतिक्रिया दिनुहोस्