किन, महिला विवाहित पुरुषप्रति मरिहत्ते गर्छन्



एजेन्सी । नेपालमा पुरुष भन्दा महिला धेरै छन । तर विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ महिलाकोको संख्या कम भएका कारण पुरुषहरु विवाह गर्न पाएका छैनन् । त्यस्तै विश्वमा यस्तो राष्ट्र छ जहाँ महिलाहरु अविवाहित पुरुष नपाएका कारण विवाहित पुरुषसँग विवाह गर्न मरिहत्ते गरिरहेका छन् ।

सिरियामा भएको गृहयुद्धका कारण पुरुषहरुको संख्यामा कमी आएको छ । लाखौ पुरुषहरुले देश छाडेका कारण पनि सिरियामा पुरुषकोहरुको अनिकाल परेको हो ।

पुरुषको कमी भएपछि अविवाहित महिलाहरुहरु विवाहित पुरुषको कान्छी, माइली वा साइली दुलही सम्म बन्न तयार रहेका छन् । सिरियामा रहेका पुरुषहरुको जतिवटी श्रीमति भएपनि अविवाहित महिलाहरु विवाह गर्न राजी हुने गरेका छन् ।

सन् २०१० को तुलनामा सन् २०१५ मा बहुविवाहको आकडा ह्वात्तै बढेको थियो ।

देशमा पुरुषहरुको संख्या महिलाको भन्दा थोरै रहेको छ । ७० प्रतिशत अविवाहित महिलाहरु छन् ।

धार्मिक हिसाबले बहुविवाह एक हल हुनसक्ने भएपनि महिलाहरुको संख्या उच्च भएपछि सजिलै समस्या हल नहुने बताइएको छ ।

समाजिक सुरक्षाका लागि भनेपनि विवाह गर्न नचहाने महिलाहरु पनि विवाहका गर्न हतारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्