महिनावारी भएकाे बेला के कुरामा ध्यान दिने ?



न्युज अफ नेपाल, काठमाडौँ ।

महिनावारी महिलाका लागि नियमित प्रक्रिया नै हो । २८ दिने चक्रका रुपमा आउने यो प्रक्रिया प्राकृतिक हो । त्यसैले यो अवस्थामा आउने परिवर्तन र समस्याका बारेमा जानकार रहेर आफ्नो ख्याल आफ‍ैं गर्नु बुद्धिमानी हुनेछ । महिलालाई महिनावारीको समयमा सामान्यतया तीनदेखि पाँचदिनसम्म रक्तश्राव हुने भएकाले यो समयमा निक्कै तनाव मात्र हुँदैन, शारीरिक पीडा पनि थपिन्छ ।

तर महिनावारीको समयमा प्राकृतिकरुपले पनि रक्तश्राव कर्म गर्न सकिन्छ । विभिन्न प्रकारका अध्ययनले महिनावारी भएका बेला शारीरिक सम्बन्ध कायम गरेमा दुखाई कम हुने र रक्तश्राव पनि कम हुने गरेको देखिएको छ ।

रक्तश्राव धेरै भएको अवस्थामा शारीरिक सम्बन्ध कायम गर्दा गर्भाशयमा संकुचन पैदा हुन्छ । त्यसले रक्तश्राव कम गर्न सहयोग मिल्छ । दुखाई कम गर्न पनि शारीरिक सम्बन्धले ठूलो भूमिका खेल्छ ।

महिनावारीको समयमा शारीरिक सम्बन्ध कायम गरेसँगै भिटामिन सी पाइने सुन्तला, कागतीलगायतका फलफूल खानुपर्छ ।खासगरी शाकाहारी महिलाको रक्तश्राव कम हुने र महिनावारीको समयमा हुने पीडा पनि कम हुने अध्ययनको निष्कर्ष छ ।

त्यस्तै हरियोग सागसब्जी पनि प्रसस्त खानुपर्छ ।
महिनावारीका बेला ध्यानदिनुपर्ने ५ कुरा यस्ता छन् ः

१ महिनावारीका समयमा यौनांगबाट रगत बग्ने हुन्छ । यसर्थ, यसको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यदि, सरसफाइको कमी भएमा कतिपय अवस्थामा संक्रमणसमेत हुन सक्छ ।

२ सकेसम्म स्यानेटरी प्याड र सफा सुती कपडाको प्रयोग गर्नुपर्छ । प्याड हरेक चार घन्टामा फेर्नुपर्दछ । एउटै प्याड लामो – समय राख्दा ब्याक्टेरिया फैलन सक्ने सम्भावना रहन्छ ।

३ यो वेलामा शरीरमा आइरनको कमी हुने भएकाले पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।

४ दुखाइ कम गर्ने नाममा अनावश्यक औषधि सेवन गर्नु हुँदैन ।

५ यो वेला यौनांगमा पाउडर र क्रिमजस्ता वस्तु प्रयोग गर्नु हुँदैन । जसले इन्फेक्सन गर्न सक्छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्