ओझेलमा तातोपानी गुफा



नेपाल समाचारपत्र, मुगु।

सोरु गाउँपालिका–६ मा रहेको तातोपानी गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। पर्यटनको आकर्षक केन्द्र भए पनि आवश्यक पूर्वाधार नहुँदा ओझेलमा परेको हो।

नेपाल सरकारले भ्रमण वर्ष २०२० सफल बनाउनका लागि देशभरिका पर्यटन क्षेत्रहरूको प्रचारप्रसार गर्ने र पर्यटकलाई नेपालका विभिन्न ठाउँमा घुमाउने लक्ष्य भए पनि मुगुको जिमा तातोपानी गुफा भर्ने पर्यटक प्रचारप्रसारको प्रखाइमा बसेको छ।

मुगुको सदरमुकाम गमगढी बजारदेखि दुई घन्टा गाडीमा र आधा घन्टा पैदल हिँडेर तातोपानी गुफा पुगिन्छ। यो गुफा ठूलो पहाडको मुनि सानो एक मान्छे छिर्नेसम्मको प्वाल छ। प्वालभित्र गएपछि २ सय भन्दा बढी मान्छेहरू हिँडडुल गर्न सकिने ठाउँ छ।

विशेष गरी स्थानीयवासीहरू गुफा पुस महिनाको पुसे पूर्णमाको दिन स्थानीय मेला लाग्ने र केटाकेटीले देउडा खेल्ने गर्न बताइन्छ। रातभर रमाइलो गरेपछि गुफामुनि रहेको तातोपानीमा नुहाउने चलन छ।

त्यसमा नुहाएपछि बाथ रोग, टाउको तथा पेट दुख्ने जस्ता रोग निको हुने बताइन्छ। पुस पूर्णमाको दिन यस क्षेत्रमा मान्छेको घुइँचो लाग्ने सोरु गाँउपालिका–६ का वडाध्यक्ष मनप्रसाद भट्टले बताउनुभयो।

गुफालाई प्रचारप्रसार गर्न नसकेको र विगतका वर्षहरूमा तातोपानी गुफा व्यवस्थित र प्रचारप्रसार गर्नका लागि लाखौं रकम विनियोजन गरेको भए पनि कामको प्रगति शून्य देखिएको स्थानीयवासीको गुनासो छ।

तातोपानी गुफाको प्रचारप्रसार र व्यावस्थापनको लागि हरपल लागी रहेको र गत वर्षमा मात्र तातोपानी गुफा घुम्न आउने पर्यटकको सहज आवतजावतका लागि सडक निमार्ण गरिएको थियो।

गुफा वरिपरी र अगाडी भागमा पार्किङ घेरवारको लागि बजेट विनियोगन गर्दै आइरहेको छ। यो वर्ष पनि बजेट विनियोजन गरी गुफाको प्रचारप्रसार गर्ने वडाध्यक्ष शाहीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्