अहिलेसम्मकै सर्वाधिक २ करोड मानिसले हेरे नेपाली किशोरको म्युजीक भिडियो (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

बाह्र कक्षामा पढ्ने कतिपय युवायुवतीहरु परिक्षा नै दिनु नपरे हुन्छ भन्ने कल्पना गरी विन्दास जिवन बिताउन मनपराउँछन् होलान् । तर १२ कक्षाको परिक्षाकै तयारीमा रहेका किशोर निशान भुजेलले भने अहिले सम्म कुनै पनि नेपाली चलचित्र निर्माताले पनि गर्न नसकेको काममा युट्युवमा गरेर देखाएका छन् ।

उनको आफ्नै छायाँकन , निर्देशन र सम्पादनमा बनेको एउटा म्युजिक भिडियो २० करोड दर्शकले युट्युवमा हेरिसकेका छन् । एमिवे बन्टाइको ‘ फिरसे मचाएँगे ’ का लागि उनले यो भिडियो फ्रेबुअरीको शुरुमा तयार पारेका थिए । कामाडौं निवासी सत्र वर्षिय भुजेलले मुम्वइका र्‍यापर एमिवेको म्युजिक भिडियो ‘ चेकमेट ’ को पनि निर्देशन गर्ने अवसर पाएका थिए ।

हाल काठमाडौंमै रहेका उनले नेपालका ५ः५५ र मानस घले लगायत थुप्रै नामुद र्‍यापरका म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । एमिवेको म्युजिक भिडियोमा खेल्ने उद्देश्यले उनलाई इमेल गरेका उनले अन्तत ति सबै अवसर पाएका थिए । तिनीहरुले ‘ सब कुछ न्यु ’ र ‘ नो ब्रायन्डु ’ लगायत अन्य थुप्रै म्युजिक भिडियोमा पनि संगै काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्