राखेपद्वारा सदस्य सचिवका लागि दरखास्त आह्वान



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सदस्य सचिव नियुक्तिका लागि दर्खास्त आह्वान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजक्तवमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले दरखास्त आह्वान गरेको हो ।

सात दिनभित्र सदस्य सचिव बन्न चाहनेले कार्ययोजनासहित दरखास्त पेस गर्नुपर्ने जनाइएको छ ।यसका साथै नागरिकताको प्रतिलिपी, स्नातक तह उतीर्ण प्रमाणपत्रको प्रतिलिपी र खेलकुद क्षेत्रमा कम्तिमा पाँचवर्ष काम गरेको प्रतिलिपी पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्