च्याम्पियन्स लिगको क्वार्टरफाइनल र सेमिफाइनलको ड्र आज



लन्डन, एजेन्सी ।

यूइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत आज क्वार्टरफाइनल र सेमिफाइनल चरणको लागि ड्र हुँदैछ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार स्वीट्जरल्यान्डको नियोनस्थित युइएफएको केन्द्रीय कार्यालयमा आज हुने ड्र कार्यक्रम नेपाली समयअनुसार अपराह्न ३ः४५ बजेबाट सुरु हुने बताइएको छ । अन्तिम १६ मा अझै चार खेल बाँकी रहे पनि क्वार्टरफाइनल र सेमिफाइनलको ड्र गर्न लागिएको हो ।

शुक्रबार क्वार्टरफाइनलका लागि ड्र हुँदा एकैसाथ सेमिफाइनलका लागि पनि ड्र हुँदैछ । यसपटक क्वार्टरफाइनल र सेमिफाइनलमा एउटा मात्र म्याच खेलाइने छ । यसअघिका संस्करणमा भने सेमिफाइनलसम्म दुई लेगका आधारमा म्याच खेलाइन्थ्यो । आगामी अगस्टमा हुने क्वार्टरफाइनलदेखिका सम्पूर्ण म्याच पोर्चुगलको राजधानी लिस्बनमा हुनेछन् ।

क्वार्टरफाइनल पुगेका टोली :

एट्लान्टा (इटाली)

एथ्लेटिको मेड्रिड (स्पेन)

आरबी लेइप्जिग (जर्मनी)

पिएसजी (फ्रान्स)

प्रिक्वार्टर फाइनल अन्तर्गत दोस्रो लेगका हुन बाँकी खेल :

चेल्सी विरुद्ध बार्यन म्युनिख

नापोली विरुद्ध बार्सिलोना

रियल मेड्रिड विरुद्ध म्यानचेस्टर सिटी

लियोन विरुद्ध युभेन्ट्स

प्रतिक्रिया दिनुहोस्