जाजरकोटमा पहिरोले घर बगाउँदा एकको मृत्यु, ११ जना बेपत्ता



बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट बारेकोट गाउँपालिका ४ बोहरागाउँ सार्की टोलमा पहिरोले घर वगाउँदा एक जनाको मृत्यु भएको छ भने पाहुन सहित ११ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण विहिवार राति घर माथिबाट आएको पहिरोले दुई वटा घर वगाउँदा पाहुन सहित ११ जना बेपत्ता भएका हुन ।

खाना खाएर अर्काे दिन विहानकाे कामको बाँडफाट गरि पाहुनहरुसँग भलाकुसारी गरि पाहुनलाई सुताएर आफुपनि सुतेका उनीहरुलाई घर माथिबाट आएको पहिरोले घर वगाउँदा बेपत्ता भएका हुन ।

गएराति अविरल वर्षासगै आएको पहिरोले ५२ बर्षीय घरमुली गोपाल सार्की, उनकी ५० बर्षीय श्रीमति पुष्पा सार्की, १३ बर्षीय छोरी लक्ष्मी सार्की, ११ बर्षीय छोरा अर्जुन सार्की रहेका छन् ।

त्यस्तै अर्को घरका घरमुली कालु सार्की उनकी १४ बर्षिय छोरी तिर्खा सार्की, ११ बर्षिय छोरा सुभाष सार्की, पाहुन आएका कुसे गाउँपालिका ९ चौराटाका २० बर्षीय डिल्ली सार्की, १६ बर्षीय कविता सार्की, १४ बर्षीय गौरी सार्की, १८ बर्षीय विरेन्द्र सार्की बेपत्ता भएको बारेकोट गाउँपालिका ४ का सचिव डम्वर पुनले जानकारी दिनु भयो ।

 

पहिरो गएको जानकारी पाएपछि घटना स्थल तर्फ ३ ठाउँबाट प्रहरी टोली गएको जाजारकोटका प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले वताउनु भयो । अहिले पनि बारेकोटमा अविरल बर्षा भईरहेकाले फोन, इन्टरनेट नहुँदा सम्पर्क हुन नसकेको प्रहरी प्रमुख श्रेष्ठले वताउनु भयो ।

बारेकोट गाउँपालिका ५ को खर्क तेलचउरेमा किसानले लगाएको धान खेत पहिरोले पुरेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द बहादुर सिंहले वताउनु भयो ।

पानी नियामित परिरहेकोले फोन सम्पर्क गर्न समस्या भएको निमित्त प्रशासकिय अधिकृत सिहले जानकारी दिनु भयो । त्यस्तै एक दर्जन घर पहिरोको उच्च जोखिममा रहेको प्रमुख प्रशासकिय अधिकृत सिहले बताउनु भयो

प्रतिक्रिया दिनुहोस्