टोल-टोलमा विद्यार्थीसँग कक्षा



मोतीराम तिमल्सिना, काभ्रे ।

कोरोना भाईरसका कारण विद्यालयहरु संचालनमा आउन नसके पछि जिल्लामा रहेका स्थानीय सरकारले बैकल्पिक माध्यमबाट बालबालिकाहरुलाई अध्यापन गराउने प्रयास गरेका छन् । विशेषगरी शहरी क्षेत्रमा रहेका पालिका अन्र्तगतका विद्यालयहरुले अनलाईन, रेडियो, टेलिभिजन कक्षा संचालन गरेका छन् भने यो माध्यममा पहुँच नपुग्ने बालबालिकाहरुका लागि शिक्षकहरु टोल टोलमा पुगेर कक्षा संचालन गरिरहेका छन् ।

धुलिखेल, बनेपा र पाँचखाल नगरपालिकाले रेडियो कक्षा संचालन ग¥यो । नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाले पनि रेडियो कक्षा संचालन ग¥यो । त्यसको अलावा धुलिखेल नगरपालिका क्षेत्र भित्र रहेका विद्यालयहरुले टोलटोलमा पुगेर कक्षा संचालन गरिरहेको नगरपालिका शिक्षा शाखा प्रमुख माधव शर्माले बताउनु भयो ।

‘हामीले सामुदायिक र नीजि विद्यालयका शिक्षकहरुलाई बालबालिकाहरुलाई कुनै न कुनै माध्यमबाट बालबालिकाहरुलाई अध्यापन गराउन अनुरोध गरेका छौं’–शिक्षा शाखा प्रमुख शर्माले भन्नुभयो–‘अनलाईन, रेडियो, टेलिभिजनको पहुँच नभएका बालबालिकाहरुको हकमा विद्यालयले टोलटोलमा पुगेर कक्षा लिईरहेको छ ।’ बालबालिकाहरु जम्मा हुने, शिक्षकहरुले पाठका बारेमा जानकारी गराउने र एक साताका लागि गृहकार्य दिने क्रम धुलिखेल लगायतका अन्य पालिकाका विद्यालयहरुले गरिरहेका छन् ।

त्यस्तै नमोबुद्ध नगरपालिकाको दाप्चा माध्यमिक विद्यालयले लकडाउनको अवधीमा विद्यार्थीलाई अध्ययन–अध्यापन गराउन ‘गृहकार्य’ गराएको छ । नमोबुद्ध नगरपालिका– ८ मा रहेको दाप्चा माध्यमिक विद्यालयले टोल–टोलमा नै विद्यार्थीलाई ‘गृहकार्य कापी’ पु¥याएको हो ।

सोही समयमा कोरोनाबाट बच्ने सुरक्षाका उपायबारे पसन जानकारी गराइएको छ । ‘शहरका विद्यालयले अनलाइन क्लास चलाएका छन्, हाम्रा कतिपय अभिभावकसंग मोबाइल समेत छैन, भएपनि नेटवर्कको समस्या छ त्यस कारण विद्यार्थी भेला गरेर गृहकार्य गरायौं,’ विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीले भने, ‘अभिभावकलाई १५ दिन अघि खबर गरेर शिक्षकहरु विभिन्न टोलमा परिचालन भएर गृहकार्यसहितको कापी बाडेको थियौं, १५ दिनपछि फेरी गएर संकलन गरेका हौं ।’

विद्यार्थीलाई पढ्ने बानी नहटोस् भन्नका लागि यसो गरिएको अधिकारीले जानकारी दिए । साविक डराउनेपोखरी गाविसको एक मात्रै माध्यमिक विद्यालयमा करिब २ सय ५० विद्यार्थी अध्ययन गर्छन् । भौगोलिक रुपमा कठिन भेगको उक्त स्कुलमा कतिपयविद्यार्थीहरु दैनिक डेढ घण्टा पैदल हिडेर आउछन् ।
गृहकार्य वितरण र संकलन गर्दा सुरक्षाका पर्याप्त उपाय अपनाएको र भौतिक दुरी कायम गरेको शिक्षक किशोर अधिकारीले जानकारी दिए ।

‘विद्यालयमा पनि भौतिक दुरी कायम गरेर शिक्षकहरुले विद्यार्थीहरुको लागि कापीमा गृहकार्य तयार गर्यौ,’ अधिकारीले भने, ‘शिक्षकहरु विभिन्न टोलमा परिचालन भएर बाड्र्यौ र १५ दिनपछि संकलन गरेका छौं, अब त्यो परिक्षण गर्छौं ।’ विद्यालयले सरकारी पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पनि विद्यार्थीलाई उपलव्ध गराइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्