नोआहले बोल्टको कीर्तिमान तोडे तर अमान्य घोषित



लन्डन, (एजेन्सी)

धावक नोआह लीलेजको पुरुषतर्फको दौडमा रचेको विश्व कीर्तिमान अमान्य घोषित गरिएको छ ।
लीलेजले स्विटजरल्यान्डमा बिहीबार सम्पन्न इन्पाइरेसन गेम्समा सो दुरी १८ दशमलव ९० सेकेण्डमा पुरा गरेका हुन् ।

पहिले त उनले विश्व कीर्तिमानी धावक युसेन बोल्टको कीर्तिमा तोडेको घोषित भयो । तर पछि जाँच गर्दा उनले १ सय ८५ मिटर दुरी मात्रै दौडेको खुलासा हुँदा सो विश्व कीर्तिमान अमान्य घोषित भयो ।

जमैकन धावक युसेन बोल्टले सन् २००९ मा २ सय मिटर दौडमा १९ दशमलव १९ सेकेण्डको विश्व कीर्तिमान सेट गरेका थिए । लीलेजले प्रक्रिया पुरा नगरेको हुँदा बोल्टलाई राहत मिलेको छ । अमेरिकी धावकको व्यक्तिगत उत्कृष्ट समय १९ दशमलव ५० सेकेण्ड हो ।

बीबीसी कमेन्टेटर स्टिभ क्रामले लीलेजले ट्रयाकमा दौड शुरु गर्दा उनी गलत लेनमा भएको खुलासा गरे । क्रामले भने कि उनका प्रतिद्वन्द्वीहरु भन्दा उनी १५ मिटर कम दुरीबाट दौडेका थिए । तर यसमा २२ वर्षीय लीलेजले ट्वीटरमा लेखे—तपाई मेरो यस भावनासँग खेल्न सक्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस्