स्याफ्रुवेसि-रसुवा गढि सडकखण्डमा पहिरा जाँदा वाटाे अवरूद्ध



 सरस्वती न्याैपाने, रसुवा ।

विहिवार दिउँसो देखि परेकाे अविरल बर्षाका कारण स्याफ्रुवेसि-रसुवागढि सडक खण्डमा ठाउँ-ठाउँमा पहिराे जाँदा बाटाे अवराेध भएकाे छ। रसुवागढि सडककाे कुलुङ र ताताेपानि डाडा क्षेत्रमा पहिराे गएका कारण सवारि साधन आवतजावत राेकिएकाे हाे ।

वर्षा भईरहेकाले सडक खुलाउन कठिन भएकाले पहिराे झरिरहेकाे अवस्थामा त्यस क्षेत्रमा मानिसहरूलाई हिडडुल गर्न समेत राेक लगाईएकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएकाे छ।

जिल्ला भित्रका अन्य सडक भने सुचारू रहेका छन ।

प्रतिक्रिया दिनुहोस्