एन्फाले आर्मी हेडक्वार्टरको ग्राउन्ड प्रयोग गर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा अवस्थित फुटबल ग्राउन्ड प्रयोग गर्ने भएको छ । एन्फाले उक्त मैदानलाई अभ्यास मैदानको रुपमा प्रयोग गर्ने भएको हो । नेपाली सेनाले शुक्रबार एन्फालाई उक्त मैदान हस्तान्तरण गर्दैछ । मैदान हेरचारको काम एन्फाले गर्नेछ ।

त्यस्तै आवश्यक परेको खण्डमा सेनाको त्रिभुवन आर्मी क्लबले समेत मैदान प्रयोग गर्न पाउने छन् । उक्त मैदानलाई एन्फाले फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गत घरेलु भूमिमा हुने खेलका लागि आउने टोलीको प्रशिक्षण मैदानको रुपमा रोजेको हो ।

एन्फाले मैदानमा चेन्जिङ रुम र प्लेयर बक्स समेत निर्माण गरिसकेको छ । विश्वकप छनोटको दोस्रो चरणको अन्तर्गत नेपालले आगामी असोजमा अष्ट्रेलिया,जोर्डन र चाईनिज ताईपेसँग घरेलु मैदानमा खेल्दैछ । नेपालमा खेल्न आउने ती विदेशी टोलीले यस मैदानमा प्रशिक्षण गर्नेछन् । छनोटको समूह ‘बी’ मा रहेको नेपालले अवे खेल खेलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्