किस्ट हस्पिटलमा उपचाररत गर्भवतीसहित ४ जनामा कोरोना संक्रमण



न्युज अफ नेपाल,ललितपुर ।

ग्वार्कोस्थित किष्ट हस्पिटलमा उपचाररत एक गर्भवतीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

संक्रमितहरूमध्ये धापाखेल निवासी २९ वर्षीय गर्भवती महिला छन्। अर्का ग्वार्को घर भएका ११ वर्षीय बालक छन्। उनी ज्वरो आएर आइसोलेसनमा भर्ना भएका थिए।

यस्तै, ६५ वर्षीय पथ्थरीका समस्या भएका पुरूषमा पनि संक्रमण पुष्टि भएको छ। उनी सानागाउँ निवासी रहेको अस्पतालले जनाएको छ।अर्का संक्रमित भने ललितपुर ठेगाना भएकी ६६ वर्षीया महिला हुन्। उनलाई दमको समेत समस्या छ।

अस्पतालले उनलाई सुरूमा आइसियूमा भर्ना गरेको र पछि स्वास्थ्यमा सुधार आए पनि आइसोलेसनमा सारिएको छ।अहिले चार जना संक्रमितलाई पाटन अस्पताल ‘रिफर’ गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्