‘भारतीय सञ्चारमाध्यमबाट नेपाली राष्ट्रियतामाथि प्रहार’



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले भारतीय सञ्चार माध्यमको कार्य खेदजनक भएको बताउनुभएको छ ।
भारतीय सञ्चार माध्यमहरुले पत्रकारिताको मूल्य मान्यता विपरीत नेपाली राष्ट्रियता र नेपाली जनताको भावना माथि ठेस पुग्ने हिसाबले प्रहार गर्ने कार्य भईरहेको केन्द्रीय सदस्य भण्डारीको भनाई रहेको छ ।

केन्द्रीय सदस्य भण्डारीले भारतीय सञ्चार माध्यमको यस किसिमको खेद जनक कार्यको सरकारले कुटनीतिक हिसाबले विरोध जनाउनु पर्ने समेत केन्द्रीय सदस्य भण्डारीले बताउनुभयो । भारतीय सञ्चार माध्यमले केही दिन यता नेपाली राष्ट्रियता र जनताको भावना माथि ठेस पुग्ने हिसाबले लगातार प्रहार गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्