प्रहरी समायोजन टुंग्याउन नयाँ आईजीपीलाई गृहमन्त्रीको निर्देशन



न्युज अफ नेपाल, काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापा बादलले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई प्रहरी समायोजन कार्य चाँडै टुंग्याउन निर्देशन दिनुभएको छ ।

बिहीबार दज्र्यानी चिन्ह लगाएपछि भेट्न पुग्नुभएका आईजीपीलाई गृहमन्त्रीले संगठनको हित हुनेगरी लामो समयदेखि रोकिएको समायोजन कार्य चाँडै सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।गृहमन्त्री बादलले आईजीपी क्षत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिँदै भन्नुभयो ‘‘तपाईंको कार्यकाल शान्ति, सुरक्षा, अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास लिएको छु । मेरो पूर्ण साथ र समर्थन रहन्छ । तपाईंको ट्रयाक रेकर्डका आधारमा योग्य देखेर यो जिम्मेवारी दिएका हौँ’, ।’

त्यस्तै गृहमनत्री बादलले शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।‘राज्यले विकासलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो, त्यसमा विशेष ध्यान दिनुहोस्’, गृहमन्त्री बादलले भने ।

प्रतिक्रिया दिनुहोस्