कोरोनाले गर्दा महालक्ष्मी नपाका तीन वडा बन्द



न्युज अफ नेपाल,ललितपुर ।

ललितपुरको महालक्ष्मी नगरपालिकाका तीन वटा वडाका पसलहरु विहीबार बन्द गरिएको छ ।

नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन वडा नं ७, ८ र ९ मा औषधी र खाद्यान्न पसल बाहेक अन्य सबै पसलहरु बन्द गर्ने निर्णय गरिएको मेयर रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।खाद्यान्न पसल बिहान ७ देखि ९ बजेसम्म र औषधी पसल २४ घण्टा खोल्न सकिने पनि नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले मानिसहरुलाई अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्किन पनि आग्रह गरेको छ ।
हाल वडा नं ८ मा कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्