मन्त्रिपरिषद्को बैठकमै बिरामी भएका आइभरिकोस्टका प्रधानमन्त्रीको मृत्यु



एजेन्सी ।

मन्त्रिपरिषद्को बैठकका क्रममा बिरामी भएका आइभरिकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ ।

मन्त्रिपरिषद बैठकक क्रममा अस्वस्थ भए लगत्तै उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएको छ ।

६१ वर्षका उनलाई पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बनाउने घोषणा गरेको थियो । सन् २०१२ मा उनको मुटु प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्