विद्यालय पुन: खोल्न ट्रम्पको कडा आदेश



वासिंगटन (एजेन्सी)

घातक कारोना भाइरस कहरका बावजुद अमेरिकामा स्कुल पुन खोल्न आदेश दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनीको भाषा प्रयोग गर्दै विद्यालय पुन नखोलेमा फन्ड रोकिने बताए ।

ट्रम्पले उनको आफनो सार्वजनिक स्वास्थ्य अधिकारीहरुको सुरक्षा दिशानिर्देश अब्यवाहारिक र अत्यन्त महँगो भएको गुनासो पनि गरे । त्यसको केही समय पछि अमेरिकी राष्ट्रपति माइक पेन्सले रोग नियन्त्रण र रोकथाम केन्द्रले अर्को हप्ता नयाँ दिशा निर्देश जारी गर्ने जानकारी दिए ।

पेन्सले भने- ‘नयाँ गाइडलाइन्स अर्को हप्ता जारी गर्नेछ, जसले स्कुललाई पर्याप्त मद्दत प्राप्त हुने छ । नयाँ दिशानिर्देश हाम्रा छात्रछात्रालाई सुरक्षित राख्नेछ ।’ राष्ट्रपतिले पनि मार्गनिर्देशन अत्यन्त कठिन होस भन्ने नचाहेको ब्यक्त गर्नु भएको छ ।

अमेरिकी राष्ट्रपतिले प्रान्त र स्थानिय अधिकारीहरुमाथि दबाव शढाएको छ तर त्यसका बावजुद न्युयोर्क शहरले त्यहाँका अधिकांश विद्यार्थी हप्तामा मात्र दुई वा तीन दिनका लागि कक्षामा फर्किनेछ र बीचबीचमा अनलाईन क्लास लिने छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमण ३१ लाख नाघिसकेको छ । न्युयोर्कमा मात्रै ४ लाख भन्दा धेरै संक्रमित आइसकेका छन् । अमेरिकामा १ लाख ३० हजार भन्दा बढीले यस भाइरसका कारण ज्यान पनि गुमाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्