चालु वासिङ मेसिनमा बिरालो थुनियो



सिड्नी, (एजेन्सी) ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) न्युजले अस्ट्रेलियाको क्विन्सल्यान्डको सनसाइन कोस्टमा ओस्कार नामक एउटा दुई वर्षीय बिरालो चालु रहेको वासिङ मेसिनभित्र रहेर पनि भाग्यले बच्न सफल भएको जनाएको छ । ओस्कार आफ्नी मालिक अमान्डा मेरेदिथको खाली वासिङ मेसिनमा गएर मस्त निदाउन पुगेको थियो ।

त्यहीबेला अमान्डका पति एन्जेलोले भित्र ओस्कार छ भन्ने थाहा नपाईकनै मेसिनमा तन्नाहरू राखेर स्विच अन गरिदिए । तर करिब १२ मिनेटपछि मेसिनबाट ओस्कारले म्याउ म्याउ गरेको आवाज आउँदा अमान्दा अचानक झस्किन् । अमान्दा भन्छिन्– ‘बिचरो ओस्कारभित्र घुम्दै गर्दा काँचको झ्यालमा आफ्नो हात टिकाएर मलाई हेर्दै थियो ।’

अमान्डाले तत्कालै स्विच अफ त गरिन् तर वासर सुक्न र ढोका खोल्न अर्को दुई मिनेट पर्खिनुप¥यो । बाहिर निकाल्ना साथै ओस्कारलाई कुलम बिचस्थित बिचसाइड भेटनरी सर्जरीकहाँ पु¥याइयो । भाग्यले शरीरका थुप्रै स्थानमा सानातिना चोट पटक मात्र लागेको पाइयो ।

अस्पतालमा २४ घन्टे अब्जरभेसनमा राखिँदा उनलाई पेनकिलर दिइएको थियो । त्यसपछि घर लगिएका ओस्कार सात दिनसम्म सुतेको सुत्यै भयो । विस्तारै हिँडन थालेपछि उनले वासिङ मेसिनलाई निकै घुरेर हेर्ने गरेको अमान्डा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्