चीनको तुलनामा भारत कहाँ छ?



नयाँदिल्ली (एजेन्सी) ।

भारत र चीन जनसंंख्याको हिसाबले विश्वको दुई सबैभन्दा ठूला देश हुन् । दुवै एक अर्काका छिमेकी पनि हुन् । भारतका लागि बंगलादेशपछि चीन दोस्रो देश हो, जोसँग भारतको सीमा सबैभन्दा लामोे छ । बंगलादेश र भारतबीच ४ हजार ९५ किलोमिटरको लामो सीमा रहेको छ भने चीनसँग भारतको ३ हजार ४ सय ८८ किलोमिटर रहेको छ ।

यी दुई देशबीच विगत दुइ महिनादेखि सीमामा तनाव पनि चलिरहेको छ । यद्यपि सीमा यो तनाव नयाँ भने होइन । भारतको स्वतन्त्रतापछि नै दुई देशबीच सीमालाई लिएर यी दुई देशबीच तनाव भइरहेको छ । दुई देशले १९६२ मा एक लडाइँ पनि लडिसकेका छन् । उक्त लडाइँमा भारतले आफ्नो दावी गर्दै आइरहेको अक्साइ चीन क्षेत्रको चीनको कब्जा गएको थियो ।

भारत सन् १९४७ मा स्वतन्त्र भएको हो भने चीनमा सन् १९४७ देखि कम्युनिस्ट पार्टीको सरकार छ । एक समय थियो जतिबेला भारत र चीनबीचको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा धेरै अन्तर थिएन । सन् १९८० मा भारतको जीडीपी १ सय ८६ अर्ब डलर थियो र चीनको १ सय ९१ अर्ब डलर । तर आज जीडीपीको तुलना गर्दा चीन विश्वको दास्रो ठूलो अर्थतन्त्र हो भने भारत पाँचौं स्थानमा छ । यद्यपि यी दुई देशको जीडीपीबीच अब करिब ७ गुनाको अन्तर रहेको छ ।

जीडीपी मात्र होइन चीन भारतको तुलनामा कयौं मामिलामा धरै अगाडि गइसकेको छ । यसको कारण भनेको चीनले आफ्नो जनसंख्याको सदुपयोग गर्न सक्नु पनि हो भने भारतमा धेरैजसो बेरोजगार नै छन् ।

क्षेत्रफल

विश्वको सबैभन्दा ठूलो देश रुस १ करोड ७० करोड वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । दोस्रो नम्बरमा क्यानाडा छ र तेस्रो नम्बरमा चीन आउँछ, जसको क्षेत्रफल ९५ लाख ९६ हजार वर्ग किलोमिटर रहेको छ । त्यसपछि अमेरिका, ब्राजिल र अस्ट्रेलिया आउँछ । भारत क्षेत्रफलको यो सूचीमा ७ औंमा पर्छ । भारतको कुल क्षेत्रफल ३२ लाख ८७ हजार वर्ग किलोमिटर छ । यो हिसाबले चीन भारतभन्दा तीन गुणा ठूलो छ ।

जनसंख्या र शिक्षा

भारत र चीनको जनसंख्यामा धेरै अन्तर छैन । चीनको जनसंख्या १ अर्ब ३९ करोड २७ लाख छ र भारतको १ अर्ब ३८ करोड ७२ लाख छ । दुवै देशमा पुरुष–महिलाको जनसंख्यामा केही अन्तर छ । यद्यपि सबैभन्दा धेरै अन्तर शिक्षित र अशिक्षित जनसंख्यामा देखिन्छ ।
चीनमा १ अर्ब ३५ करोड ५६ लाख आवादी शिक्षित छन् भने भारतमा लेखपढ गर्न जान्ने संख्या ७६ करोड ३६ लाख छ । भारतमा ३४ प्रतिशतभन्दा धेरै जनसंख्या अशिक्षित छन् । चीनमा मात्र साढे २ प्रतिशत आवादी अशिक्षित छन् ।

भारतमा चीनको तुलनामा २४ वर्ष उमेरसम्मको जनसंख्या धेरै छ । तर वृद्ध आवादी पनि चीनमा भन्दा धेरै भारतमै छ । चीनको जनसंख्या जति शहरमा बस्छ त्योभन्दा बढी भारतमा गाउँमा बस्छन् ।

कुल गार्हस्थ उत्पादन (जीडीपी)

आँकडाका अनुसार चीनको कुल गार्हस्थ उत्पादन १३ ट्रिलियन अर्थात् १ सय ३० खर्ब अमेरिकी डलर पुगेको छ । भारतको जीडीपी १९ खर्ब ७४ अर्ब ७५ करोड अमेरिकी डलर छ । जीडीपीमा चीनको भारतको भन्दा सात गुणा ठूलो छ ।

जीडीपीमा मात्र होइन, प्रतिव्यक्ति आयमा पनि चीन भारतको तुलनामा तीन गुणा अगाडि छ । जीडीपीका आधारमा चिनियाँ जनताको प्रतिव्यक्ति आय ७ हजार ७ सय ५५ डलर रहेको छ भने भारतको २ हजार १ सय ४ रहेको छ ।

भारतमाथि सन् २०१९ डिसेम्बरसम्ममा ५ खर्ब ४३ अर्बभन्दा बढी विदेशी ऋण छ । जब कि चीनको सन् २०१९ सेप्टेम्बरसम्ममा विदेशी ऋण २० खर्ब ३ अर्ब २५ करोड डलर छ ।

बजेट

भारतको बजेट चीनको तुलनामा ८ गुणा कम छ । चीनको बजेट सन् २०२० को ४६ खर्ब डलर सन् २०१९ को ३४ खर्ब बजेट रहेको छ । यसको तुलनामा भारतको सन् २०२० को बजेट ३ खर्ब १८ अर्ब बजेट छुट्याइएको छ भने सन् २०१९ मा यो १ खर्ब ३१ अर्ब डलर थियो ।

रक्षा बजेटको तुलना गर्ने हो भने सन् २०२०–२१ को भारतको रक्षा बजेट ६५ अर्ब ८६ करोड रहेको छ भने चीनको १ खर्ब ७९ अर्ब डलर छ । चीनले आफ्नो रक्षा बजेटमा ७ दशमलव ५ प्रतिशतले वृद्धि गरेको हो । चीनको रक्षा बजेट भारतको तुलनामा ४ गुणाले बढी छ ।

रोजगार

भारतमा सन् २०१७–१८ को बेरोजगारी दर ६ दशमलव १ प्रतिशत पुगेको थियो । यसलाई ४५ वर्षमा सबैभन्दा उच्च मानिएको छ । जब कि चीनमा यो दर ३ दशमलव ६ प्रतिशत थियो । सन् २०११ को जनगणनाअनुसार भारतसँग ३६ करोड २५ लाख कामदार थिए भने चीनसँग सन् २०१९ मा ७८ करोड ८ लाख कामदार थिए ।

पछिल्लो तथ्यांकले चीनमा अर्बपतिको संख्या ३ सय ८९ पुगेको छ भने भारतमा यो संख्या १ सय ३८ पुगेको छ । अर्बपतिको सूचीमा भारतको स्थान अमेरिका र चीनपछि तेस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्