भोटेकोसीमा बाढीः दुईको निधन, १९ बेपत्ता



न्युज अफ नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोककाे भोटेकोसीमा आएकाे बाढीले बगाउँदा दुई जनाको निधन भएकाे छ भने १९ बेपत्ता भएका छन ।  बा-हबिसे नगरपालिका वडा नं ५ जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको छ ।

अरनिको राजमर्गको जम्बु, खागदल बजर नै बाढिले बगाएको छ । खागदलको पक्की पूल नै बगाएपछी सडक सम्पर्क टुटेको छ । ”

केही मानीसहरु हराईरहेको सूचना छ, हामी घटनास्थल जाँदैछौँ” ईलाका प्रहरी कार्यालय बार्हबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्