बोल्टले पहिलो पटक सार्वजनिक गरे छोरीको फोटो



लन्डन, एजेन्सी ।

१ सय मीटरको दूरी ९.५८ सेकेन्डमा पूरा गरी विश्व कीर्तिमान बनाएका जमैकन धावक उसेन बोल्टले मंगलवार सामाजिक सञ्जालमा पहिलो पटक आफ्नो छोरीको फोटो सार्वजनिक गरेका छन् ।ओलम्पिकमा आठ वटा स्वर्ण पदक जितेका उसेन बोल्टले आफ्नो प्रेमिका कासी बेनेटलाई जन्मदिनको अवसर पारेर इन्स्टाग्राममा भावनात्मक सन्देश दिने क्रममा आफ्नो छोरीको फोटो पहिलो पटक सार्वजनिक गरेका हुन् । उनले बच्चा र आमाको थुप्रै फोटोहरु शेयर गरेका छन् ।

उसेन बोल्टले लेखे,–ु म आफ्नो प्रेमिका कासी बेनेटलाई जन्मदिनको शुभकामना दिन्छु । यस्तो विशेष दिन हामी सबै साथमा रहेकोले म धेरै खुसी छु । म खाली तिम्रो खुसी देख्न चाहन्छु र तिम्रो अनुहारमा मुस्कानका लागि हरसम्भव प्रयास गरिरहनेछु । हामी आफ्नो छोरी ओलम्पिया लाइटिनिंग बोल्टका साथ आफ्नो जीवनको नयाँ खुड्कीलामा प्रवेश गरेका छौं ।

म हाम्रो भविष्यलाई लिएर उत्सुक छु र यो विश्वास दिलाउँछु कि म आफ्नो परिवारका लागि चट्टान झै उभिरहन्छु । म तिमीलाई प्रेम गर्छु र तिमीलाई २१औं जन्मदिनको बधाई ।’

सार्वजनिक गरिएको फोटोहरुमध्ये एउटामा २१ वर्षीय कासी गाउन लगाएर आफ्नी छोरीलाई काखमा लिएर बसेकी छन् । अन्य फोटोहरुमा ओलम्पिया गुलाफी रंगको पहिरनमा देखिएकी छन् । बोल्टले ट्वीटरमा छोरीको फोटो शेयर गर्दै लेखेका छन्, गर्लड्याड ३ओलम्पियालाइटिनिंगबोल्ट ।

उसेन बोल्टले गत जनवरीमा आफू पिता बन्न लागेको सार्वजनिक गरेका थिए । कासी मे महीनामा आमा बनेकी हुन् । इन्स्टाग्रामबाट सार्वजनिक गरिएको उक्त फोटोलाई ५ लाखभन्दा बढीले लाइक गरेका छन् । एकजना प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्,’ शानदार नाम । ’ त्यस्तै अर्का एकजनाले लेखेका छन्,–ु छोरी आफ्नै बुवा जस्तै देखिन्छन्, अब यो हेर्नु छ की छोरीले १ सय मीटरको दूरी कति सेकेन्डमा पार गर्नेछिन् ।’

प्रतिक्रिया दिनुहोस्