नेकपामा गुटबन्दीको परिणाम



नेकपामा अहिलेको झगडा गुटबन्दीको परिणाम हो । कुर्सीविना बाँच्न नसक्ने नेकपाका नेताहरू नै हामीलाई बेच्न सफल भइरहेका छन् । आदर्श पोलेर खाने र इमानदार कार्यकर्तालाई घोक्रेठ्याक लगाउने अनि गुटका जयजयकारमा रमाउने, एकता भाँड्नको निम्ति शब्दमा गुलियो छाद्ने र जनतासामु गोहीको आँसु चुहाउने तर खासमा गुटका झुटले नुहाउने र जनता कार्यकर्तालाई अलमल पार्ने, अहिलेसम्मकै नेकपा नेताको मुख्य उद्देश्य देखियो ।

संगठनको चिन्ता यिनीहरूलाई छैन । छ त केवल कुर्सी मोह, बदला, इख ,राज्य दोहनमा सहभागिताको आतुरी, भारतीय विस्तारवादका गोटी बन्ने प्रतिस्पर्धा । गुटका गुलामहरुको त कुरै नगरौं, सामाजिक सञ्जालमा रुँदै पार्टी विधानअनुरुप चल्नुपर्छ भन्ने तर भित्र आफ्नो गुटबाहेक बाँकी अनाहकमा गल्नुपर्छ भन्दै उक्साउने, पार्टी फुट्नुपर्छ र आफ्नो चल्ने हुनुपर्छ भन्ने नियतका व्यवहार गर्ने ।

सामाजिक सञ्जालमा गुटगानका सदस्यको रोइलो र प्रयोग गर्ने अपाच्य शब्द देख्दा लाग्छ– कठै नेकपा जनताको अभिमत ‘कुकुरलाई घिउ पचेन’, ‘कार्यकर्ता मालिकको माखा धपाउनेबाहेकका हैसियतमा छैनन् ।’ कठै बरिलै ! के दुःख मान्नु, कति दिल दुखाउनु, जनता हो सत्य गर, विवेक पु¥याऊ, अघि बढ, जहाँ पनि सलह आतंक छ, पार्टीमा, सत्तामा, खेतबारीमा, आफू बाँच र जनता बचाऊ, गुटका झुटहरु भाँडमा जाऊन् ।
– नारायण खनाल, अर्घाखाँची ।

प्रतिक्रिया दिनुहोस्