४ सय ३१ हेक्टर कृषि बालीमा क्षति



सलिम अन्सारी, प्युठान

प्युठानमा सलह कीराले ठूलो क्षति पु¥याएको छ । जिल्लाका विभिन्न स्थानमा किसानले लगाएका मकैबाली, तरकारी र धानबालीमा सलहले क्षति पु¥याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जानकारी दिएको छ ।

जिल्लाका नौ स्थानीय तहमा सलहले ४ सय ३१.५ हेक्टर क्षेत्रफलमा लगाएको मकै, तरकारी, र धानबालीमा क्षति पु¥याएको परियोजनाका निमित्त प्रमुख सुमन खनालले जानकारी दिनुभयो । ‘जिल्लामा सबैभन्दा बढी सलहले मकै बालीमा नोक्सानी पु¥याएको छ ।’ –खनालले भने ।

उहाँका अनुसार सलहले सबैभन्दा बढी नौबहिनीमा १ सय १० हेक्टर र सरुमारानी गाउँपालिकामा सबैभन्दा कम ३८.५ हेक्टर क्षेत्रफल जमिनमा लगाइएको अन्नबालीमा नोक्सानी पु¥याएको छ । त्यस्तै, झिमरुकमा ८० हेक्टर, ऐरावतीमा ७०, मल्लरानीमा ६३ हेक्टर, स्वर्गद्वारी नगरपालिकामा ५५ हेक्टर र प्युठान नगरपालिकामा १५ हेक्टर क्षेत्रफलमा क्षति पु¥याएको छ ।

गौमुखी र माण्डवी गाउँपालिकामा सलह देखिए तापनि कुनै क्षति नपु¥याएको खनालले जानकारी दिनुभयो । जिल्लाका सबै (६४) वडामा सलह देखिएको थियो । सलह कीराले खेतीबाली नोक्सानी गरेको भन्दै किसानले क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्