चलिरहेकाे वासिङ् मेसिनमा बिरालो थुनियो



सिडनी,(एजेन्सी)

अष्ट्रेलियन ब्रोडकास्टिंग कर्पोरेसन ( एबिसि ) न्युजले अष्ट्रेलियाको क्विन्सल्यान्डको सनसाइन कोस्टमा ओस्कार नामक एउटा दुई वर्षिय बिरालो चालु रहेको वासिंग मेसिन भित्र रहेर पनि भाग्यले बच्न सफल भएको जनाएको छ । ओस्कार आफ्नी मालिक अमान्डा मेरेदिथको खाली वासिंग मेसिनमा गएर मस्त निंदाउन पुगेको थियो ।

त्यहिवेला अमान्डका पति एन्जेलोले भित्र ओस्कार छ भन्ने थाहा नपाइकनै मेसिनमा तन्नाहरु राखेर स्विच अन गरिदिए । तर करिब १२ मिनेटपछि मेसिनबाट ओस्कारले म्याउ म्याउ गरेको आवाज आउँदा अमान्दा अचानक झस्किन् । अमान्दा भन्छिन् , ‘ बिचरो ओस्कार भित्र घुम्दै गर्दा काँचको झ्यालमा आफ्नो हात टिकाएर मलाई हेर्दै थियो । ’

अमान्डाले ततकालै सस्वच अफ त गरिन् तर वासर सुक्न र ढोका खोल्न अर्को दुई मिनेट पर्खिनु प¥यो । बाहिर निकाल्ना साथैं ओस्कारलाई कूलम बिच स्थित बिचसाइड भेटनरी सर्जरीकहाँ पु¥याइयो । भाग्यले शरिरका थुप्रै स्थानमा सानातिना चोट पटक मात्र लागेको पाइयो ।

अस्पतालमा २४ घन्टे अब्जरभेसनमा राखिँदा उनलाई पेनकिलर दिइएको थियो । त्यसपछि घर लगिएका ओस्कार सात दिन सम्म सुतेको सुत्यै भए । विस्तारै हिंडन थालेपछि उनले वासिंग मेसिनलाई निकै घुरेर हेर्ने गरेको अमान्डा बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्