अव एक ब्यक्तिले २ वटा मात्रै सिम लिन पाउने



न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले अव एक ब्यक्तिको नाम २ वटा मात्रै मोवाईल सिम लिन पाउने ब्यवस्था गर्न लागेको छ । मोवाईल सेवा प्रदायक कम्पनीहरुलाई सरकारले पत्राचार गरी उक्त ब्यवस्था लागू गर्न पनि आग्रह गरेको छ । यसअघि सरकारले सिम कार्ड लिन पाउने व्यवस्थामा कुनै सीमा तोकेको थिएन ।

मोवाईल सिमको प्रयोग गरी अपराध गर्ने काम अत्याधिक बढेपछि सरकारले मोवाईल सेवा प्रदायकहरुलाई उक्त निर्देशन दिएको बताइएको छ । अब भने एक व्यक्तिले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलको दुई–दुईवटा मात्रै सिमकार्ड आफ्नो नाममा लिन पाउने भएका छन ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई पत्र लेखेर अब यो व्यवस्था कडाइका साथ लागु गर्न निर्देशन दिएको छ ।

प्रवक्ता मिनप्रसाद आर्यालका अनुसार एकै व्यक्तिले जति पनि सिम लिने प्रचलनले गर्दा साइबर अपराध र अन्य अपराधको घटना बढेको र अनुसन्धान गर्न पनि असहज भएको गृह मन्त्रालयको सुझावका आधारमा नयाँ व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्