पूर्व पत्रकार गिरफतार



मस्को,(एजेन्सी)

रुसी अन्तरिक्ष निकाय (रोस्कोस्मोस ) को प्रमुखका प्रमुखलाई राष्ट्रद«ोहको अभियोगमा गिरफतार गरिएको रुसी संचार माध्यमले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै प्रवक्ताले पुर्व पत्रकार इभान साफ्रानोभको गिरफतारी उनको वर्तमान जागिरसंग भे कुनै सरोकार नभएको स्पष्ट पारेका छन् । पत्रकार रहँदा रुसी सेनाकोबारे रिपोर्टिंग गरेको विषयलाई लिएर उनी पक्राउमा परेको अनुमान गरिएको छ ।

गत मे महिनामा रोस्कोस्मोसमा प्रवेश गर्नु अघि उनी अर्थ सम्बन्धी राष्ट्रिय दैनिक अखवार कोमरसान्ट र भदोमोस्तीमा काम गर्दथे । रोस्कोस्मोसले आफुले साफ्रानोभ विरुद्धको अनुसनधानमा सहयोग गरिरहेको जनाएको छ । सन् २०१९ को जुनमा राष्ट्रिय गोप्य सुचना सार्वजनिक गरेको अभियोगमा कोम्मरसान्ट विरुद्ध अदालती प्रक्रिया अघि बढाइएको थियो ।

साफ्रानोभको सह लेखनमा तयार पारिएको लेखमा रसियाले इजिप्टलाई सु – ३५ लडाकु विमान उपलब्ध गराउनेबारे उल्लेख गरिएको थियो । पछि कोम्मरसान्टको वेवसाइटबाट सो लेख हटाइएको थियो । उनका पिता पनि कोम्मरसान्टका सेना सम्बन्धी चर्चित स्तम्भकार थिए ।

तर उनले आफु विरुद्ध लगाइएको सम्पूर्ण अभियोग अस्विकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्