सभामुख सापकोटाको आँखाको शल्यक्रिया



न्युज अफ नेपाल, काठमाडौं ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया भएको छ। सभामुख सापकोटाको दायाँ आँखामा मोतियाबिन्दु देखिएपछि शल्यक्रिया गरिएको हो।

वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले बुधबार बिहाना तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो । शल्यक्रियाको खर्च सभामुख स्वयमले व्यहोर्ने जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्