चीनको तुलनामा भारत कहाँ छ?



नयाँदिल्ली (एजेन्सी)

भारत र चीन जनसंंख्याको हिसाबले विश्वको दुई सबैभन्दा ठुला देश हुन् । दुबै एक अर्काका छिमेकी पनि हुन् । भारतका लागि बंगलादेशपछि चीन दोस्रो देश हो, जोसँग भारतको सीमा सबैभन्दा लामोे छ । बंगलादेश र भारत बीच ४ जहार ९५ किलोमिटरको लामो सीमा रहेको छ भने चीनसँग भारतको ३ हजार ४ सय ८८ किलोमिटर रहेको छ ।

यी दुई देशबीच विगत दुइ महिना देखि सीमामा तनाव पनि चलिरहेको छ । यद्यपी सीमा यो तनाव नयाँ भने होइन । भारतको स्वतन्त्रतापछि नै दुई देशबीच सीमालाई लिएर यी दुई देशबीच तनाव भइरहेको छ । दुई देशले १९६२ मा एक लडाई पनि लडिसकेका छन् । उक्त लडाईमा भारतले आफनो दावी गर्दै आइरहेको अक्साइ चीन क्षेत्रको चीनको कब्जा गएको थियो ।

भारत सन् १९४७ मा स्वतन्त्र भएको हो भने चीनमा सन् १९४७ देखि कम्युनिस्ट पार्टीको सरकार छ । एक समय थियो जतिबेला भारत र चीनबीचको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा धेरै अन्तर थिएन । सन् १९८० मा भारतको जीडीपी १ सय ८६ अर्ब डलर थियो र चीनको १ सस ९१ अर्ब डलर । तर आज जीडीपीको तुलना गर्दा चीन विश्वको दास्रो ठुलो अर्थतन्त्र हो भने भारत पाँचौं स्थानमा छ । यद्यपी यी दुई देशको जीडीपीबीच अब करिब ७ गुनाको अन्तर रहेको छ ।

जीडीपी मात्र होइन चीन भारतको तुलनामा कयौं मामिलामा धरै अगाडी गइसकेको छ । यसको कारण भनेको चीनले आफ्नो जनसंख्याको सदुपयोग गर्न सक्नु पनि हो भने भारतमा धेरैजसो बेरोजगार नै छन् ।

क्षेत्रफल
विश्वको सबैभन्दा ठुलो देश रुस १ करोड ७० करोड बर्ग किमी क्षेत्रफलमा फैलिएको छ । दोस्रो नम्बरमा क्यानाडा छ र तेस्रो नम्बरमा चीन आउँछ ,जसको क्षेत्रफल ९५ लाख ९६ हजार बर्ग किलोमिटर रहेको छ । त्यसपछि अमेरिका, ब्राजिल र अष्ट्रेलिया आउँछ । भारत क्षेत्रफलको यो सुचीमा ७ औंमा पर्छ । भारतको कुल क्षेत्रफल ३२ लाख ८७ हजार वर्ग किलोमिटर छ । यो हिसाबले चीन भारतभन्दा तीन गुणा ठुलो छ ।

जनसंख्या र शिक्षा
भारत र चीनको जनसंख्यामा धेरै अन्तर छैन । चीनको जनसंख्या १ अर्ब ३९ करोड २७ लाख छ र भारतको १ अर्ब ३८ करोड ७२ लाख छ । दुबै देशमा पुरुष–महिलाको जनसंख्याकामा केही अन्तर छ । यद्यपी सबैभन्दा धरै अन्तर शिक्षित र अशिक्षित जनसंख्यामा देखिन्छ ।

चीनमा १ अर्ब ३५ करोड ५६ लाख आवादी शिक्षित छन् भने भारतमा लेखपढ गर्न जान्ने संख्या ७६ करोड ३६ लाख छ । भारतमा ३४ प्रतिशत भन्दा धरै जनसंख्या अशिक्षित छन् । चीनमा मात्र साढे २ प्रतिशत आवादी अशिक्षित छन् ।

भारतमा चीनको तुलनामा २४ बर्ष उमेरसम्मको जनसंख्या धेरै छ । तर बृद्ध आवादी पनि चीनमा भन्दा धेरै भारत मै छ । चीनको जनसंख्या जति सहरमा बस्छ त्यो भन्दा बढी भारतमा गाउँमा बस्छन् ।

कुल गार्हस्थ उत्पादन (जीडीपी)

आंकडाका अनुसार चीनको कुल गार्हस्थ उत्पादन १३ ट्रिलियन अर्थात १ सय ३० खर्ब अमेरिकी डलर पुगेको छ । भारतको जीडीपी १९ खर्ब ७४ अर्ब ७५ करोड अमेरिकी डलर छ । जीडीपीमा चीनको भारतको भन्दा सात गुणा ठूलो छ ।

जीडीपीमा मात्र होइन, प्रतिब्यक्ती आयमा पनि चीन भारतको तुलनामा तीन गुणा अगाडी छ । जीडीपीका आधारमा चिनियाँ जनताको प्रतिब्यक्ती आय ७ हजार ७ सय ५५ डलर रहेको छ भने भारतको २ हजार १ सय ४ रहेको छ ।

भारतमाथि सन् २०१९ डिसेम्बर सम्ममा ५ खर्ब ४३ अर्ब भन्दा बढी विदेशी ऋण छ । जबकी चीनको सन् २०१९ सेप्टेम्बर सम्ममा विदेशी ऋण २० खर्ब ३ अर्ब २५ करोड डलर छ ।

बजेट
भारतको बजेट चीनको तुलनामा ८ गुणा कम छ । चीनको बजेट सन् २०२० को ४६ खर्ब डलर सन् २०१९ को ३४ खर्ब बजेट रहेको छ । यसको तुलनामा भारतको सन् २०२० को बजेट ३ खर्ब १८ अर्ब बजेट छुट्याइएको छ भने सन् २०१९ मा यो १ खर्ब ३१ अर्ब डलर थियो ।

रक्षा बजेतको तुलना गर्ने हो भने सन् २०२० – २१ को भारतको रक्षा बजेट ६५ अर्ब ८६ करोड रहेको छ भने चीनको १ खर्ब ७९ अर्ब डलर छ । चीनले आफनो रक्षा बजेटमा ७ दशमलव ५ प्रतिशतले बृद्धी गरेको हो । चीनको रक्षा बजेट भारतको तुलनामा ४ गुणाले बढी छ ।

रोजगार
भारतमा सन् २०१७ – १८ को बेरोजगारी दर ६ दशमलव १ प्रतिशत पुगेको थियो । यसलाई ४५ बर्षमा सबैभन्दा उच्च मानिएको छ । जबकी चीनमा यो दर ३ दशमलव ६ प्रतिशत थियो । सन् २०११ को जनगणना अनुसार भारतसँग ३६ करोड २५ लाख कामदार थियो भने चीनसँग सन् २०१९ मा ७८ करोड ८ लाख कामदार थिए ।

पछिल्लो तथ्यांकले चीनमा अर्बपतिको संख्या ३ सय ८९ पुगेको छ भने भारतमा यो संख्या १ सय ३८ पुगेको छ । अर्बपतिको सुचीमा भारतको स्थान अमेरिका र चीनपछि तेस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्